नेभिगेशन
समाज

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्योः दुर्गा प्रसाईं

काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र काठमाडौँ महानगरको अव्यावहारिक जरिवानाका कारण सर्वसाधारण र गरिब जनताहरू आत्महत्या गर्न बाध्य भएको बताउदै गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसाइले  जनताले जुन आशा र भरोसाका साथ भोट दिएर नयाँ नेतृत्व ल्याए, अहिले उनीहरूबाटै गरिब र उत्पीडित वर्गको उठिबास लगाउने काम भइरहेको भन्दै आक्रोश ब्यक्त गरे ।

Ncell
Extreme Energy

प्रसाईँले देशमा कुनै पनि पूर्वाधार र बाटोघाटोको राम्रो व्यवस्था नभएको अवस्थामा सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य पारिएको जिकिर गरे । प्रसाईँले आफू कुनै पनि कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको तर व्यवस्थाको विकृतिका विरुद्ध र सर्वसाधारणको हकअधिकारका निम्ति आफ्नो लडाइँ र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।

प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले प्रसाइलाइ कार्यक्रम गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।