नेभिगेशन
समाज

सभापति लामिछानेलाई भेटेर के भने प्रधानमन्त्री शाहले ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेट गरेका छन । बुढानिलकण्ठस्थित सभापति लामिछानेको निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले सरकारका पछिल्ला कामकारवाहीबारे जानकारी गराएका थिए । खासगरी पछिल्ला दिनमा समस्याको रुपमा देखा परेको सुकुम्बासी व्यवस्थापनका लागि सरकारले गरेको गृहकार्यको शाहले ब्रिफिङ गरेका थिए । 

सभापति लामिछाने र प्रधानमन्त्री बालेनको यो नियमित भेट हो । चितवनबाट फर्किएपछि नियमित फोन संवाद हुने गरे पनि भेट भएका थिएन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेको सचिवालयकाअनुसार प्रधानमन्त्री शाहले सुकुम्बासी ३८८ परिवारलाई तत्काल सुरक्षित व्यवस्थापन गर्न गृहकार्य भइरहेको र केही समयभित्र जग्गा उपलब्ध गराउने गरी काम अघि बढेका जानकारी गराए ।

Ncell
Extreme Energy

'हाम्रो मन्त्रीहरु रातदिन लागिरहनुभएको छ । एकातिर सुरक्षित कसरी भनेर राख्ने भनेर तयारी भैरहेको छ भने अर्कोतिर जग्गा पनि तुरुन्तै उपलब्ध गराउनेगरी काम भइरहेको छ । अब सुकुम्बासी समस्या चाँडै समाधान हुन्छ । सरकार गम्भीरतका साथनै लागेको छ । केही दिनमै यो परिणाममै देखिनेछ । सभापतिज्यू ढुक्क भए हुन्छ,' प्रधानमन्त्री शाहले भनेका थिए । 


प्रधानमन्त्री शाहले सार्वजनिक सरोकारमा आएका विषयमा पनि सरकार गम्भीर भई तत्कालै आवश्यक कदम चाल्दै काम गरिरहेको पनि जानकारी गराएका थिए ।
सभापति लामिछानेले विकसित घटनाक्रमलाई विश्लेषण गरेर देश र जनताको हितमा संयमित भएर अगाडि बढ्न सुझाव दिएका थिए ।


शनिबारको भेटमा सरकारका नियमित काम तथा सरोकारका विषयमा कुरा भएपनि पार्टीको पदाधिकारी तथा केन्द्रिय सदस्य मनोनयका बारेमा भने विषयनै नउठेको जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...