नेभिगेशन
समाज

जर्मन कम्पनीले छाप्न थाल्यो राहदानी

काठमाडौँ । सरकारले सोमबारदेखि नयाँ कम्पनीबाट राहदानी छपाइ सुरु गरेको छ ।

सोमबारबाट राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि राहदानी छपाइ गर्दै आएको फ्रान्सेली कम्पनी आइडेमियाबाट नेपालको राहदानी सम्बन्धी सबै डेटा नयाँ जर्मन कम्पनी म्युहलबौयर ( भेरिडोसको सिस्टममा  सारिएको छ  ।

Ncell
Extreme Energy

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । 

आजै परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा नयाँ प्रविधिबाट राहदानी प्रिन्ट गरेर नेपालबाट बङ्गलादेशमा खेल्न जानका लागेका बाल खेलाडीहरुलाई हस्तान्तरण गरिएको छ । 

विभागले नयाँ प्रविधिमा जाँदा सुरुवाती दिनमा केही प्रखाविधिक चुनौती तथा केही समय ढिलाइ देखिन सक्ने भएकाले कर्मचारी तथा कम्पनीका प्राविधिकहरु २४ घण्टा सुधारका लागि खटिने जनाएको छ । 

साथै विभागले सुरुवाती चरणमा अत्यावश्यक राहदानी आवश्यक परेकाहरुले मात्रै  आवेदन दिन समेत आग्रह गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...