नेभिगेशन
समाज

सुकुम्वासी होल्डिङ सेन्टरका विद्यार्थीसँग शिक्षामन्त्री, भर्ना सहजता देखि स्कुल बस व्यवस्थापन गर्ने

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्वासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि राहत सामग्री वितरण गरेको छ ।


सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज दुबै होल्डिङ सेन्टर पुगेर विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरे ।
विद्यार्थीका लागि शैक्षिक सामग्री तथा  खेलकुदका सामग्री वितरण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


 शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल होल्डिङ सेन्टर पुगेका थिए । त्यहाँको अन्य आवश्यकता र थप बन्दोबस्तीका लागि केन्द्रले आवश्यक अध्ययन तथा सहजिकरण गर्ने जनाइएको छ ।

Ncell
Extreme Energy


सो क्रममा मन्त्री पोखरेलले भर्नामा समस्या भएका विद्यार्थीहरुका लागि मन्त्रालयकोतर्फबाट आवश्यक सहजिकरण गरिने जानकारी गराए ।
यसैबीच होल्डिङ सेन्टरमा रहको विद्यार्थीलाई विद्यालय जान सहजताका लागि भोलि मंगलबारदेखि बसको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 
यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरी सुकुम्वासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...