नेभिगेशन
समाज

चालकलाई जरिवाना गरेर छाडियो मिडिया हाउसअगाडि राखिएका गाडी

काठमाडौँ । मिडिया हाउसअगाडि अनाधिकृत राखिएका १४ वटा गाडीका चालकलाई जरिवाना गरिएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारी साधनहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले प्रचलित कानुनबमोजिम जरिवाना गरेर गाडीहरु छोडिएको बताए । 'अनाधिकृत तरिकाले सार्वजनिक सडकमा जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका १४ वटा सवारीका चालकलाई जरिवाना गरेर छोडेका छौं । यो नियमित प्रक्रिया हो,' उनले भने । उनकाअनुसार सबै चालकलाई पाँच सय रुपैयाँका दरले जरिवाना गरिएको हो । 

Ncell
Extreme Energy

आइतबार तीन वटा मिडिया हाउस कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइन खबरको मुलगेटमा विभिन्न गाडीहरु शंकास्पद तरिकाले पार्किङ गरेको पाइएको थियो । घण्टौंसम्म प्रतीक्षा गर्दा पनि ती गाडी लिन कोही आएनन् । पछि ट्राफिक प्रहरीले क्रेनमार्फत उठाएर बग्गीखाना लगेको थियो । 

कांग्रेसका सभापति गगन थापाको घरको गेटअगाडि पनि बेवारिसे अवस्थामा सवारी साधन पार्किङ गरिएको थियो । छापामार शैलीमा गाडीहरु मिडिया हाउसअगाडि पार्किङ गरिएपछि चौतर्फी विरोध भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...