नेभिगेशन
समाज

गाडीले गेट त छेकिएला, जनआवाज छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सोमबार कांग्रेस सभापति गगन थापा निवाससहित विभिन्न सञ्चारगृहअगाडि रहस्यमय तरिकाले गाडी राखेर सरकारी तवरबाटै आवाज थुन्न खोजेको बताएका छन् । 

उनले प्रश्नकर्ताहरूको आवाज थुन्न सरकारले प्रमुख प्रतिपक्षी दलसँग सञ्चारमाध्यमहरूको मुख थुन्न गेटअगाडि गाडी तेस्र्याएर तर्साउन खोजेको दाबी उनले गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा भएको समेच आरोप लगाएका छन् । 

Ncell
Extreme Energy

 ‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो। यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ’ भन्दै तर्साइएको हो। यो कुनै सामान्य संयोग पनि होइन’, उनले लेखेका छन्, ‘यतिबेला सहकारी पीडित सडकमा छन्।

मिटरब्याजपीडित तराई मधेसदेखि न्याय खोज्दै काठमाडौँतर्फ आइरहेका छन्। सुकुमवासी समस्या झन जटिल बन्दै गएको छ। राज्यपक्षबाट भएको दुव्र्यवहारले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे। हिजो १०० दिनमै रोजगारी दिने वाचा गर्ने नेताको दलले शक्तिशाली सरकार चलाइरहँदा पनि वाचा पूरा गर्नेतर्फ अग्रसर नहुँदा निराश भएर सर्लाहीका विवेक मण्डलले पनि आत्मदाह गरे। यसअघि एकपछि अर्को सुकुमवासीले राज्य दमन सहन गर्न नसकी आत्महत्या गरेको कारूणिक दृश्यहरू सार्वजनिक भए। बेरोजगारी समस्या र सुशासनका प्रश्न दिनप्रतिदिन गहिरिँदै गएका छन्। यी विषयमा जवाफ दिन नसकेको सरकार प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्ष दलका नेतामाथि नै दबाब सिर्जना गर्ने शैलीतर्फ उन्मुख देखिएको छ। यो लोकतन्त्रको बाटोबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्रीजीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा हो।’

उनले थप लेखेका छन्, ‘स्मरण होस्, सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रु होइनन्। उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन्। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन। र, भ्रम पनि नरहोस्(गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भनेर। इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो छेक्न सकिन्न भनेर।’

उनको स्टाटस यस्तो छः
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरु छेक्न सकिन्न,
लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो । तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ । सोमबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगै सञ्चारगृहहरू कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनाले यही प्रश्न उब्जायो( के सरकारले अब आलोचनात्मक आवाज नै बन्द गर्न खोजेको हो ?
गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो । यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ’ भन्दै तर्साइएको हो ।
यो कुनै सामान्य संयोग पनि होइन । यतिबेला सहकारी पीडित सडकमा छन । मिटरब्याजपीडित तराई मधेशदेखि न्याय खोज्दै काठमाडौंतर्फ आइरहेका छन । सुकुम्बासी समस्या झन जटिल बन्दै गएको छ । राज्यपक्षबाट भएको दुव्र्यवहारले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे । हिजो १०० दिनमै रोजगारी दिने बाचा गर्ने नेताको दलले शक्तिशाली सरकार चलाइरहँदा पनि बाचा पूरा गर्नेतर्फ अग्रसर नहुँदा निराश भएर सर्लाहीका विवेक मण्डलले पनि आत्मदाह गरे । यसअघि एकपछि अर्को सुकुम्बासीले राज्य दमन सहन गर्न नसकी आत्महत्या गरेको कारूणिक दृष्यहरू सार्वजनिक भए । बेरोजगारी समस्या र सुशासनका प्रश्न दिनप्रतिदिन गहिरिँदै गएका छन । यी विषयमा जवाफ दिन नसकेको सरकार प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्ष दलका नेतामाथि नै दबाब सिर्जना गर्ने शैलीतर्फ उन्मुख देखिएको छ । यो लोकतन्त्रको बाटोबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्रीजीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्टता हो ।
स्मरण होस्, सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रू होइनन । उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन । ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन । 
र, भ्रम पनि नरहोस्(गेटअगाडि गाडी राखेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भनेर। इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो छेक्न सकिन्न भनेर ।

जय नेपाल १
भीष्मराज आङ्देम्बे
नेता, नेपाली कांग्रेस संसदीय दल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...