नेभिगेशन
समाज

नेपाल नजिक आएको प्रणालीले भारी वर्षा गराउँदै, २४ घण्टामै भयो ३१८ मिलिमिटर वर्षा

काठमाडौँ । नेपाल नजिक आएको पानी पार्ने प्रणाली(न्यून चापीय रेखा) ले बागमती प्रदेशसहित केही स्थानमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबारनै पानी पार्ने प्रणाली नेपाल नजिक सरेको बताएको थियो । 


तर विभागले भारीदेखि धेरै भारी वर्षासम्म प्रक्षेपण गरेको थियो । विभागले २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म पानी परेमा भारीदेखि धेरै भारी वर्षा भन्ने गर्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


तर विभागले मंगलबार विहान अद्यावधिक गरेको विवरण अनुसार सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा देखिएको छ । 
त्यहाँ पछिल्लो २४ घण्टामा ३१८.४ मिलिमिटर पानी परेको छ । 

Ncell
Extreme Energy


त्यस्तै देवघाट क्षेत्रमा २९२.४ मिलिमिटर, रामपुरमा २८५.४, नवलपुरको दुम्कौलीमा २०७ मिलिमिटर, कालिखोलामा २०१ मिलिमिटर पानी परेको छ, जुन अतिभारी वर्षा हो । 
सोमबार राति अत्यधिक वर्षा प्रक्षेपण गरेकाले नारायण मुगलिन सडकखण्ड बन्द गरिएको थियो । 


किन पर्यो पानी ?
मौसमविद् विनोद पोखरेलले सोमबार कुनै पनि मोडलले अतिभारी वर्षा प्रक्षेपण नगरेको बताएका छन् । तर चितवनमा रातभरि घना वर्षा भएको उनले बताए। 

'चितवनमा रातभरि ठुलो पानी पर्यो, लगभग १२ घण्टामा धेरै ठाउँमा २५० मिलिमिटरदेखि ३२० मिलिमिटर सम्म पानी परेको देखिन्छ । आज पनि नेपालभरि पानी पर्ने देखिन्छ,'उनले थप भनेका छन्,' धेरै पानी पर्ने मोडलले त देखाएको छैन, तर मनसुनको न्यून चापीय रेखा नेपालसम्म आइपुगेकाले पूर्वी नेपालको केही ठाउँमा भारी वर्षा हुन सक्छुु',।

के हो मनसुन ट्रफ अर्थात न्यून चापीय रेखा ?

मनसुन ट्रफ एक विस्तृत र लामो निम्न वायुमण्डलीय चापको क्षेत्र हो । जसलाई अंग्रेजीमा लो प्रेसर एरिया भनिन्छ । जुन मनसुनयाममा उष्णकटिबन्धिय क्षेत्रमा देखा पर्छ ।

यो पृथ्वीको धेरै तातो हुने वा समुद्रको माथि बन्ने गर्छ । सजिलो शब्दमा भन्दा यो वायुमण्डलमा रहेको एक यस्तो बेल्ट हो, जहाँ हावाको चाप कम हुन्छ ।

जसले गर्दा वरिपरिको हावा यस क्षेत्रतिर सोझिन्छ र बादल निर्माण गरी घना पानी पार्छ । सूर्यको तापले जमिन वा समुद्रको सतह तताउँछ । यसकारण त्यहाँको हावा तातेर माथि उठ्छ । हावा माथि उठ्दा निम्न चापको क्षेत्र बन्ने मौसमविद् बताउँछन् ।

यस क्षेत्रमा उच्च चाप भएका स्थानहरुबाट हावाहरु आउँछन् । जब यी हावाहरू मनसुन ट्रफमा मिल्छन् तिनीहरु माथितिर सोझिन्छन् । माथि गएको ओसिलो हावा चिसिन्छ । र सघन भएर ठूलो मात्रामा मुसलधारे पानी पर्छ ।

मनसुनको ट्रफ सधै एकै ठाउँमा रहँदैन । यो उत्तर वा दक्षिणतर्फ सरिरहन्छ । जब यो ट्रफ नेपालको नजिक विशेषतस् हिमालयको फेदमा आउँछ, तब नेपालमा अत्यधिक वर्षा भएर बाढी र पहिरोको जोखिम बढ्छ ।

भारततिर सरेको वा यथास्थानमा रहेको अवस्थामा मनसुन केही कमजोर वा ब्रेक लिन्छ भन्ने मान्यता छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...