नेभिगेशन
समाज

नागरिकको उद्धारको माग गर्दा गृहमन्त्रीले यसलाई राजनीतिकरण गरेको देखेः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीको नदी किनारको भिरमा अड्किएका नागरिकको उद्दारको माग गर्नु राजनीतिकरण नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले नागरिकको उद्धारको माग गर्दा गृहमन्त्रीले यसलाई राजनीतिकरण गरियो भनी दिएको जवाफ आपत्तिजनक रहेको समेत बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पानी बाँड्न गएको हुँ भन्ने पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर, लासको सिंढी चढेर राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिने भन्दै गृहमन्त्रीलाई जवाफ दिए ।

Ncell
Extreme Energy

संसद् भवन र सांसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसद्को चुनाव लड्ने प्रवृत्ति राजनीतिकरण भएको उनको भनाइ छ । उनले आफैं सरकारमा बस्ने, आफैंका कार्यकर्ता लगाएर सञ्चार माध्यम र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने र त्यसको भिडियो बनाएर मिडियाबाजी गर्ने काम राजनीतिकरण भएको तर्क गरेका थिए ।

उनले देशको भौतिक संरचनामा आगो लगाउँदै, सिंहदरबार खरानी बनाएर नभइ जनताको सेवा गरेर राजनीतिमा आएको धारणा व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...