नेभिगेशन
समाज

यी जिल्लाका नदीमा आउन सक्छ आकस्मिक बाढी

काठमाडौँ । नेपाल नजिक आएको भारी वर्षा गराउने प्रणालीको प्रभाव देशभरको मौसम प्रणालीमा देखिएको छ ।

जसले गर्दा चितवन, तनहुँ, कास्की, स्याङजा र सुर्खेत आसपासका जिल्ला भएर बग्ने नदीहरूमा आकस्मीक बाढीको जोखिम बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसका साथै कोसी प्रदेशका पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर जिल्ला भएर बग्ने नदीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Ncell
Extreme Energy

बागमती प्रदेशका सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर जिल्लाका नदीहरुमा पनि उल्लेख जलसतह बढ्ने आकलन छ । 

मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, गण्डकी प्रदेशका पर्वत, म्याग्दी, गोरखा, लमजुङ, नवलपुरका नदीमा पनि जलसतह बढ्ने अनुमान छ । 

लुम्बिनी प्रदेशका नलपरासी, पाल्पा, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली जिल्ला आसपासका नदीमा पनि पानीको सतह बढ्ने पूर्वानुमान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...