नेभिगेशन
समाज

संसद् मन्त्रीले सांसद थर्काउने थलो होइनः युवराज दुलाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सरकारको १०० दिन सकिएकाले अब प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड दिए । सरकारी तथ्याङ्क अनुसार नै महँगी गत वर्षको तुलनामा दोब्बर बढेको भन्दै उनले महँगीको प्रत्यक्ष मार गरिब र श्रमिक वर्गमा परेकाले सरकार भ्रमबाट मुक्त हुनुपर्ने बताएका थिए ।

Ncell
Extreme Energy

गरिबीको पीडाबोध गर्दै महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिन उनले माग गरे । उनले गृहमन्त्रीको सम्पत्ति छानबिन गरेपनि प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...