नेभिगेशन
समाज

मिटरब्याजसम्बन्धी विगतका आयोगहरुको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी बिगतका बिभिन्न आयोगहरुको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए । 

Ncell
Extreme Energy

साथै बैठकले बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए । 

प्रवक्ता पोखरेलले बिभिन्न सञ्चारमाध्यम अगाडी गरिएको शंकास्पद पार्किङको घटनामा जोसुकै भएपनि कानून बमोजिम कारवाही हुने स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...