नेभिगेशन
मुख्य कुरा

प्रधानमन्त्रीलाई बालेनकाे व्यङ्ग्य : 'हामीसंग भएको एउटा मन कतिपटक जित्नुहुन्छ ?'

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरण पाँचौ पटक उद्घाटन भएपछि प्रधानमन्त्रीलाई व्यंग्य गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिहंदरबारस्थित कार्यालय परिसरमा धारा खोलेर मेलम्चीको पानी पाँचौपटक वितरणको उद्धाघटन गरेका थिए । 

Extreme Energy

पुन:काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले सिंहदरबारमा गरे पाँचौ शुभारम्भ

मेयर बालेनले फेसबुकमा  एउटै परियोजना बारम्बार उद्धाघटनको विश्वकीर्तिमान  कायम गरेको भन्दै  एउटै मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार भन्दै स्टाटस लेखेका छन् । 

बालेनले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्टका लागि मात्रै भएको दाबी गरेका छन् । साथै उनले  मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

उनले भनेका  छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...