नेभिगेशन
मुख्य कुरा

प्रधानमन्त्रीलाई बालेनकाे व्यङ्ग्य : 'हामीसंग भएको एउटा मन कतिपटक जित्नुहुन्छ ?'

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरण पाँचौ पटक उद्घाटन भएपछि प्रधानमन्त्रीलाई व्यंग्य गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिहंदरबारस्थित कार्यालय परिसरमा धारा खोलेर मेलम्चीको पानी पाँचौपटक वितरणको उद्धाघटन गरेका थिए । 

Ncell
Extreme Energy

पुन:काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले सिंहदरबारमा गरे पाँचौ शुभारम्भ

मेयर बालेनले फेसबुकमा  एउटै परियोजना बारम्बार उद्धाघटनको विश्वकीर्तिमान  कायम गरेको भन्दै  एउटै मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार भन्दै स्टाटस लेखेका छन् । 

बालेनले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्टका लागि मात्रै भएको दाबी गरेका छन् । साथै उनले  मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

उनले भनेका  छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।