नेभिगेशन
समाज

उपकरण खरिदमा सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपकरण खरिदमा भएको भ्रष्टाचारमा पूर्वकार्यकारी निर्देशक सुनील पौडेल सहित पाँच जना दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई दोषी ठहर गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूलाई जनही तीन महिना कैद र १० हजार जरिबाना तोकेको छ। पौडेलको हकमा भने थप तीन महिना थप कैद सजाय तोकेको हो।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले आर्थिक वर्ष २०७६र०७७ मा आह्वान गरेको ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदको ठेक्कामा बोलपत्रको सम्झौताविपरीत कम क्षमताको प्रोसेसर आपूर्ति गरिएको अदालतको ठहर छ।

Ncell
Extreme Energy

अदालतका अनुसार उपकरण आपूर्ति गर्ने कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष श्रेष्ठलाई मुख्य प्रतिवादीहरूको कसूरमा मतियार भएको ठहर गरेको छ भने उनको कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपाललाई समेत १० हजार रुपैयाँ जरिबाना गरेको छ । 

केन्द्रका लेखा अधिकृत निमबहादुर वलीलाई भने अदालतले सफाइ दिएको छ। 

ठेक्का सम्झौतामा २.४ गिगाहर्जको प्रोसेसर माग गरिएकोमा २.१ गीगाहर्जको मात्र प्रोसेसर आपूर्ति गरेर भ्रष्टाचार गरेको अदालतको ठहर छ । 
प्राविधिक परीक्षण प्रतिवेदनमा उक्त प्रोसेसर सम्झौताभन्दा १४.२८ प्रतिशत कम क्षमता र गुणस्तरको रहेको पुष्टि भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।
पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक रूपमा थुनिएको चौलानी नदीको बहाव अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।