नेभिगेशन
समाज

आज कहाँ कहाँ छ बाढीको जोखिम ?

काठमाडौँ । जल तथा मौमस विज्ञान विभागकाअनुसार वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) हाल मध्य क्षेत्रमा तराई नजिक र पूर्वमा सरदरको स्थान अर्थात भारततर्फ छ । जसका कारण कोशी, बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

दिउँसोपख कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा अर्थात सय मिलिमिटरसम्म पानी पर्ने सम्भावना छ । आज ठूलो बाढीको जोखिम भने नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज कोशीका पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर आसपासका जिल्ला भएर बग्ने नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ । 

Ncell
Extreme Energy

बागमतीमा सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर आसपासका जिल्ला भएर बग्ने नदी खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम नै छ । 

गण्डकीको लमजुङ, कास्की, नवलपुर र लुम्बिनीको नवलपरासी पाल्पा प्युठान दाङ आसपासका जिल्लामा पनि मध्यम प्रकृतिको बाढीको सम्भावना छ । 

महाशाखाले नियमित बुलेटिनमा आज कुनै पनि नदीको जलसतह सतर्कताको तहमा नपुग्ने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...