नेभिगेशन
समाज

एक झर पानीमै किन डुब्यो सुकुम्बासी राखिएको होल्डिङ सेन्टर ? विज्ञको रिसर्चमा भेटियो नयाँ तथ्य

काठमाडौँ । गत शनिबार काठमाडौँका नदी किनारबाट उठाएर लगिएका सुकुम्बासीहरु राखिएको सुन्दरीघाट स्थित अस्थायी सेल्टर पानीले चुर्लुम्म डुब्यो । राधा स्वामी सत्संगले भोगचलन गर्दै आएको सुन्दरीघाटको जमिन बागमती नदीकै बहाव क्षेत्र हो ।

केही वर्षअघि नदीले बहाव पश्चिमतिर सोझ्याउँदा त्यहाँ नदीउकास क्षेत्र बनेको थियो । त्यही खाली जमिनमा सत्संगले टहरा बनाएर भोगचलन गरिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँका अव्यवस्थित बसोबासी एवं सुकुम्बासीहरुलाई उनीहरुको वर्गीकरण नहुन्जेल अस्थायी प्रबन्ध भन्दै त्यहाँ राखिएको थियो । तर सामान्य पानी पर्ने वित्तिकै राति बाढी आएर डुबानमा पर्‍यो । अहिले त्यहाँका बसोबासीहरुलाई खरिपाटी लगेर व्यवस्थापन गरिएको छ ।

Ncell
Extreme Energy

अब प्रश्न उठ्छ, सामान्य पानी पर्दा नै सुन्दरीघाटको सेल्टरसम्म बागमती नदीको बहाव कसरी आइपुग्यो । यही प्रश्नको उत्तर खोज्न जलस्रोत सम्बन्धी जानकार हरि पण्डित सुन्दरीघाट पुगेका रहेछन् ।

आफू कुनै विज्ञ भन्दा पनि इन्जिनियरिङ क्षेत्रको विद्यार्थी भएकाले त्यहाँ पुगेको उनले बताए । उनकाअनुसार सुन्दरीघाटमा रहेको सत्संग ठूलो बाढी आएर डुबेको थिएन । चोभारतर्फ जाने पुलको तल्लो भागमा खोलाको सतह उचालिनेगरी बनाएको संरचनाले बहाव राधास्वामी सत्संगतिर सोझ्याउन मद्दत गरेको आफ्नो अध्ययनले देखाएको उनले बताए ।

'यता नदीको प्राकृतिक चौडाइ घटाएर साँघुरो पारियो । उता नदीको प्राकृतिक बहाव उचालेर नदी बाहिर पानी आउन प्रेरित गरियो । यस्तो इन्जिनियरिङ अरु कुनै देशमा पनि होला कि हाम्रोमा मात्रै ?' उनले प्रश्न गरेका छन् । पानीले प्राकृतिक रुपमा बग्नका लागि भिरालो जमिन खोज्ने भएकाले यसलाई नबिथोल्नेगरी संरचना बनाउन उनले सुझाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...