नेभिगेशन
समाज

गाडी तेर्स्याएर मिडिया तर्साउने प्रकरण : पत्रकार महासंघले माग्यो संसदीय छानबिन

काठमाडौँ । नेपाल पत्रकार महासंघले मिडिया हाउसअगाडि गाडी तेर्स्याउने घटनामा संसदीय छानबिनको माग गरेको छ । 

यो घटनामा कुनै अनुसन्धान नगरी ट्राफिक जरिवाना गरेर गाडी छोडिँदा राज्यकै संरक्षण भएको भन्दै महासंघले प्रहरीलाई समेत अनुसन्धानको दायरा ल्याउनेगरी संसदीय छानबिन हुनुपर्ने माग गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघकी अध्यक्ष निर्मला शर्माले दोषी पहिचान र कारवाहीका लागि अब संसदीय छानबिन जरुरी रहेको बताइन् । 

Ncell
Extreme Energy

'शंकास्पद रुपमा मिडिया अवरोध गर्ने गरि पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धान बिना दशी प्रमाण फिर्ता गर्नुले यो बिषयमा प्रहरी समेत जोडिन पुगेको छ । मिडियाको मुख थुन्न गरिएको सरकारी हर्कतका बिषयमा संसदीय छानविन जरुरी छ । दोषीलाई कारवाही गरियोस,' उनले फेसबुकमा लेखेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...