नेभिगेशन
समाज

सुदूरपश्चिमका मुख्यमन्त्रीले त्यसपछि हटाए एमालेका चार मन्त्री

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्री (तीन मन्त्री र एक राज्यमन्त्री)लाई बर्खास्त गरेका छन् ।

बजेटका विषयमा सत्ता साझेदार एमालेसँग विवाद चुलिँदै गएपछि मुख्यमन्त्री  शाहले आज एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउदलाई बर्खास्त गरेका हुन् ।

Ncell
Extreme Energy

मुख्यमन्त्री निकट स्रोतका अनुसार बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई लिएर सत्ताको नेतृत्व गरिरहेको कांग्रेस र साझेदार एमालेबीच तीव्र विवाद चलिरहेको छ। बजेट पारित गर्न पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन।

सत्ता साझेदार कांग्रेस र एमालेका बीचमा कर्णालीमा पनि विवाद छ । कर्णालीमा कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...