नेभिगेशन
समाज

सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले सांसदहरूलाई जनमतलाई संसदीय प्रक्रियामा प्रतिविम्बित गर्न आग्रह गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकलाई १५ दिन स्थगित गर्दै सभामुख अर्यालले यो समयावधिलाई नागरिकसँगका संवादमा जोड्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनवटै तहबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जनताका आवाजलाई सदनसँग जोड्ने र विधेयकहरूमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्ने महत्त्वपूर्ण कार्यमा आफ्ना मतदाता एवम् नागरिक समक्ष पुग्न सांसदहरूलाई समय आवश्यक भएको आफूले महसुस गरेको उनले बताए । 

Ncell
Extreme Energy

सभामुख अर्यालले भने, 'जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो ।'

सभामुख अर्यालयको सम्बोधनको पूर्णपाठः

'माननीय सदस्यहरू,
प्रतिनिधि सभा, २०८२ को दोस्रो अधिवेशनमा हामीले केही महत्वपूर्ण विधेयकरु पारित गरेका छौ। यही चालु अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सहित विनियोजन विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ समेत पारित गरेका छौं । नयाँ गठन भएको प्रतिनिधि सभाको अधिवेशनमा माननीय सदस्यहरूको भूमिका सक्रिय रहेको ठानेको छु र आगामी बैठकहरूमा अझ बढी सक्रियताको अपेक्षा समेत गरेको छु ।

हामी आर्थिक वर्ष २०८२–८३ को करिब अन्त्यमा आईपुगेका छौं । चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानून र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया, चासो र सुझाबहरू सुन्ने र बुझ्ने प्राथमिक दायित्व प्रतिनिधि सभाका सदस्यहरूको रहने विषयमा समेत म सचेत छु ।
हाम्रो संविधानले सङ्घ, प्रदेश र स्थानीय तहवीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने संवैधानिक सिद्धान्त स्थापित गरेको छ ।

यो संवैधानिक मूलमर्मलाई आत्मसात गर्दै तीनवटै तहवीचको विकास, कानून निर्माण एवम् सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयलाई थप सुमधुर तुल्याउने र प्रदेश सरकार एवम् स्थानीय तहका भोगाई, जटिलता र अपेक्षाहरूलाई सङ्घीय तहसँग जोड्ने नेतृत्वदायी भूमिका समेत प्रतिनिधिसभा सदस्यले लिनुपर्दछ ।

संसद लोकतन्त्रको केन्द्रबिन्दु हो । तर संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ ।

प्रतिनिधि सभाका सदस्यहरू जनप्रतिनिधि सँगै जनता र संसदबीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनी हुन् । जनताका आवाज, आका‌ंक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्‍याउने र संसदका निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो ।

जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो ।

तसर्थ, तीनवटै तहवीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जनताका आवाजलाई सदनसँग जोड्ने र विधेयकहरूमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्ने महत्वपूर्ण कार्यमा आफ्ना मतदाता एवम् नागरिक समक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु । संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्छ । 


माननिय सदस्यहरू मार्फत सङ्कलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाफदेहिताको विषय बन्नेछ । जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु ।

साथै, सरकारले आगामी आर्थिक वर्षलाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको छ। प्रचलित कानूनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानून निर्माणको यस अभियानमा संसदको महत्वपूर्ण भूमिका हुने भएका कारण आगामी बैठकहरूमा माननीय सदस्यहरूको भूमिका सक्रिय रहनेछ भन्ने विश्वास लिएको छु ।

माननीय सदस्यहरू, 

संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभाको अर्को बैठक सम्वत् २०८३ साल साउन १४ गते बिहिवार विहान ११.०० बजे बस्ने गरी यो बैठक यही स्थगित हुन्छ ।''
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माइतीघरमा गोलभेंडा आन्दोलन

माइतीघरमा गोलभेंडा आन्दोलन

उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौँ आसपासका तरकारी उत्पादक किसानले माइतीघर मण्डलमा आज गोलभेंडा (टमाटर) सडकमै फालेर विरोध जनाएका छन् ।
प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

‘यो बैठक साउन १४ गते विहीबार बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ’ सभामुख अर्यालले भने ।
श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गरेका थिए ।
भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापन सम्बन्धी विपक्षी दलको सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापन सम्बन्धी विपक्षी दलको सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम विपक्षी दलहरूको तर्फबाट बुधबार उक्त प्रस्ताव दर्ता गरिएको हो ।