नेभिगेशन
समाज

३४ वटा जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौँ । वर्षा गराउने प्रणाली नेपालको तराई क्षेत्रनजिक र पूर्वमा सरदरको स्थानमै रहेकाले नेपालको मौसम प्रणालीमा त्यसको प्रभाव देखिएको छ । जसका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली, पहाडी र तराई भूभागका केही स्थानमा सय मिलिमिटरसम्मको वर्षाको सम्भावना छ । 

बाढी पूर्वानुमान महाशाखाको नियमित बुलेटिनअनुसार बिहीबार ३४ जिल्लामा बाढीको मध्यम जोखिम देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाकाअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काइ, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई गरी १० वटै जलाधार क्षेत्रमा नदीहरूको बहाव उल्लेख्य बढ्नेछ । तर सतर्कता तहभन्दा तलै रहने प्रक्षेपण छ । 

Ncell
Extreme Energy

आज ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नलवपरासी, नवलपुर, रुपन्देही, पाल्पा, बाँके, बर्दिया गरी ३४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ । 

शुक्रबार र शनिबार नारायणी जलाधार अन्तर्गतका सबै नदी खोलाको उल्लेख्य बहाव बढ्ने र सतर्कता तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाको आकलन छ । शुक्रबार र शनिबार सावधानी अपनाउन महाशाखाले भनेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...