नेभिगेशन
समाज

निजगढमै किन अड्कियो मिटर ब्याज पीडितहरूको पैदल मार्च

काठमाडौँ । सात दिन पहिले जनकपुरबाट सुरु भएको मिटर ब्याज पीडितहरूको पैदल मार्च मंगलबारदेखि बाराको निजगढबाट अघि बढेको छैन् ।

उनीहरू न्यायका लागि जनकपुरदेखि पैदल मार्च गरेर काठमाडौँ आइरहेको थिए । तर गृहमन्त्री सुधन गुरुङले बुधबार निजगढ पुगेर उनीहरूको माग सम्बोधन गर्ने वचन दिए पनि मिटर ब्याज पीडितहरू ढुक्क भने छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसबिचमा सरकार पक्ष र मिटर ब्याज पीडित पक्षबीच पटक पटक संवाद भए पनि गृहमन्त्री गुरुङले स्वीकार गरेको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी आधिकारिक वैधानिकता दिनुपर्ने अडानमा उनीहरू छन् ।

Ncell
Extreme Energy

सो विषयमा सहमति जुट्न नसकेपछि सरकार पक्ष र मिटर ब्याज पीडित पक्षबीचको यसअघिको वार्ता समेत कुनै निष्कर्ष बिनै टुङ्गिएको थियो ।

‘आज पैदल न्याय मार्चको सातौँ दिन हामी बारा जिल्लाको निजगढमै रहेका छौँ । हिजो राति करिब ८ः१५ बजेदेखि सरकार पक्ष र आन्दोलनरत पीडित पक्षबिच चौथो चरणको वार्ता तथा संवाद करिब चार घण्टा सञ्चालन भएको थियो । तर वार्ता निष्कर्षमा पुग्न नसक्दा सहमति हुन सकेन । हाम्रो स्पष्ट अडान भनेको गृहमन्त्रीज्यूले स्वीकार गरिसक्नुभएको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी आधिकारिक वैधानिकता दिनुपर्छ भन्ने हो । यही विषयमा सहमति नजुटेपछि वार्ता टुङ्गिएको थियो,’ मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालका केन्द्रिय महासचिव मनोज कुमार पासमानले भने ।

बिहीबार (आज) पनि सरकार पक्ष र आन्दोलनरत पीडित पक्षबिच वार्ताका लागि पहल भइरहेको छ । तर औपचारिक वार्ता कहिले र कति बजे बस्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन ।

सरकार पक्षले आफूहरूसँग गरेको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी आधिकारिक वैधानिकता दिने कुरामा सहमति जुट्न सकेन भने आफूहरूको न्यायका लागि जनकपुरबाट निजगढ पुगेको आन्दोलन काठमाडौँतर्फ अघि बढ्ने मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालका संयोजक अवधेश कुश्वाहाले बताए ।

‘हाम्रो अडान यथावत् छ–गृहमन्त्रीज्यूले स्वीकार गर्नुभएको ६ बुँदे माग पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी वैधानिकता दिइनुपर्छ । अन्यथा पैदल न्याय मार्च स्थगित हुने छैन । सङ्घर्ष काठमाडौँतर्फ निरन्तर अघि बढ्नेछ र त्यससँगै वार्ता तथा संवादका लागि आवश्यक समन्वय पनि जारी रहनेछ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...