नेभिगेशन
सबै कुरा

सर्लाहीको बरहथवामा युवकमाथि गोली प्रहार गर्ने प्रहरी हवल्दारलाई सेवाबाट हटाउन छानबिन समितिको सिफारिस

काठमाडाैँ । गत पुष २० गते सर्लाहीको बरहथवामा भएको घटनाबारे छानबिन गर्न गठित समितिले एक जनाको ज्यान जानेगरी गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले उक्त घटनामा गोली जयशंकर शाहमाथि गोली प्रहार गर्ने वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको हो । आइतबार समितिका संयोजक गौतमले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यादवले चलाएको गोलीका कारण शाहको मृत्यु भएको छानबिन समितिको निष्कर्श छ । 

Ncell
Extreme Energy

त्यस्तै उक्त समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई जिम्मेवारी खोसेर फिर्ता बोलाउन समेत सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता नाराणप्रसाद भट्टराईले बताए । 

स्थानीय स्तर मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत लाने नि नलाने भन्ने विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय जयशंकर शाहको मृत्यु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।