नेभिगेशन
समाज

संविधान संशोधनमा सरकारलाई राप्रपाको सहयोग रहनेः राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई ससर्त समर्थन रहने जनाएको छ । 

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसंगको छलफलका क्रममा राप्रपाका नेताहरुले सरकारले संघीयताका केहि व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाएको बताए ।

Ncell
Extreme Energy

छलफलमा प्रधानमन्त्री शाहले कार्यदल आफैँले संविधान संशोधन गर्ने वा एजेन्डा तय गर्ने नभइ व्यापक बहस मार्फत बहस पत्र तयार पार्नु मात्रै रहेको जनाए ।

त्यस्तै प्रधानमन्त्रीसंगको छलफलमा स्वास्थ्य बीमामा देखिएको समस्या, मलको अभाव र वितरणमा अस्तव्यस्तता, शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत एवं अत्यावश्यक क्षेत्रमा लगाएको करका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष लिङ्देनले बताए ।

त्यस्तै होल्डिङ सेन्टरहरूमा बसिरहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार र अन्य दैनिक समस्याहरू समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लिङ्देनले जानकारी दिए ।

छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीज्यू सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...