नेभिगेशन
समाज

मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै सरकार

काठमाडौ । सरकारले मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी गरेको छ । 

जनकपुरदेखि पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरुसँग पाँच बुँदे सहमति गर्दै सरकारले मिटरब्याज, जालसाजीपूवर्क गरिएको तमसुक, दृष्टिबन्दक, ऋण दिनु अगावै लिइएका बाध्यकारी चेक, जग्गा पास गरेर दिइएको ऋण लगायत कारोबारलाई गम्भीर आर्थिक अपराधकारुपमा व्याख्या गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसलाई नियमन गर्न तीन महिनाभित्र कानुन ल्याउने सहमति गर्न लागेको मिटरब्याज पीडितका तर्फबाट वार्ता टोलीका सदस्य लक्ष्मी घिमिरेले सिधाकुरालाई बताइन् । 

Ncell
Extreme Energy


उनका अनुसार पहिलो चरणको वार्ता बिहीबार राति सात बजेदेखि साढे ९ बजेसम्म भएको थियो ।

उक्त वार्तामा आफूहरुले राखेको ६ बुँदे मागको वरिपरि रहेर पाँच बुँदे सहमतिको मस्यौदा भएको उनले बताइन् । 

अहिले बिहान साढे ९ बजेदेखि निर्णायक वार्ता हुने र आजै सहमति हुने सम्भावना रहेको बताइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...