नेभिगेशन
समाज

करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

काठमाडौँ । करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि सरकारले नयाँ मापदण्ड ल्याएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सात बुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो । सो निर्णय कार्यान्वयनका लागि सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई पत्राचार समेत गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागु हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्तिभरण (पेन्सन) खाइरहेका व्यक्तिहरू करार सेवामा रहन पाउने छैनन् । भने त्यस्ता कर्मचारीहरूलाई साउन १ गतेदेखि नै लागू हुने गरी ‘सधन्यवाद’ बिदाइ गर्ने निर्णय सरकारले गरेको छ ।

Ncell
Extreme Energy

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले ‘पुल’ मा राख्नुपर्नेछ । त्यस्ता कर्मचारीहरूको एकीकृत विवरण अद्यावधिक गर्नेछ ।

नयाँ स्थापना भएका निकाय वा रिक्त दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने छैन । कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे ‘पुल’ मा रहेका कर्मचारीहरूमध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी पदपूर्ति गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता निकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीहरूबाटै छनोट गरिने छ । भने उनीहरूको तलब भत्ताको व्यवस्था अर्थ मन्त्रालयले गर्ने जनाइएको छ ।

त्यस्तै पत्रमा उल्लेख भए अनुसार करार कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापनका एक महिनाभित्र थप अध्ययन गरिने र आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा सर्त, सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

karar-karmachari-notice-1784269664.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...