नेभिगेशन
समाज

शनिबार रातिदेखि देशभर मौसमी प्रणाली थप सक्रिय हुँदै, मध्यमदेखि भारी बर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ ।

देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताइन् ।

Ncell
Extreme Energy

देशका पहाडी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको उनले बताइन् ।

उनले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू (विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभाग) का पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उल्लेख गरिन ।

लामो दुरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सडकको अवस्था बुझ्न तथा अत्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न समेत उनले सुझाव दिएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...

भर्खरै