नेभिगेशन
समाज

अराजकता र कानुन उल्लंघनको नेतृत्व स्वयं सरकारले गर्‍याे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाएका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टीको नयाँ वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई धम्की र त्रास देखाउने गरिएको भन्दै ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ । लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए,’ अध्यक्ष ओलीले भने,  ‘त्यस्तो हुन हुँदैन भनेर विराटनगरमा प्रदर्शन गरे । शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाउने । यस्तो तानाशाशी भन्दा बढी तनाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ ।’

Ncell
Extreme Energy

अध्यक्ष ओलीले सरकारले विरोध दबाउनका लागि घर, कार्यालय र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेस्र्याएर अवरोध सिर्जना गर्ने गरेको दावी गरे । 

उनले शान्तिपूर्ण रूपमा असहमति राख्न वा विरोध जनाउन पाउने नागरिक अधिकारमाथि रोक लगाएको समेत बताए । तानाशाही र फासीवादीबाटो तर्फ सरकार अघि बढ्न खोजेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले संसद् र राज्यका तीनवटै अङ्गहरू हाल कार्यकारीको इच्छा अनुसार चल्न बाध्य पारिएको तर्क गर्दैै बजेट जस्तो महत्वपूर्ण विषयमा समेत मात्र चार घण्टा छलफल गराएर पास गरिनु यसैको उदाहरण भएको धारणा राखे । 

अध्यक्ष ओलीले एमाले कुनै अरूको सहारामा मात्र उभिने ‘लहरो’ नभई आफ्नै बलमा उम्रेको, हुर्केको र अनेकौँ आँधीहुरी, तुफान तथा बाढीको सामना गरेर दह्रो बनेको एक स्वतन्त्र वृक्ष भएको बताए । 

एमालेको आफ्नै स्वतन्त्र हैसियत रहेकाले जस्तोसुकै परिस्थितिको सामना गर्दै त्यसलाई पराजित गर्ने सामथ्र्य राख्ने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...

भर्खरै