नेभिगेशन
समाज

भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहालमाथि अख्तियारको अनुसन्धान

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूको सचिवालयमाथि छानबिन थालेको छ । 

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमाथि अनुसन्धान भैरहेको अख्तियार उच्च स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार देउवाका स्वकीय सचिव भानु देउवा, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र प्रचण्डका स्वकीय समेत रहेकी छोरी गंगा दाहालमाथि अनुसन्धान भइरहेको छ । 

Ncell
Extreme Energy

प्रारम्भिक अनुसन्धानमा उनीहरूले सरकारी नियुक्ति लिएको बाहेक थप अन्य आयको स्रोत नदेखिएको तर सम्पत्ति भने शंकास्पद देखिएको अख्तियार स्रोतको भनाइ छ । 

'वैधानिक आयस्रोतको तुलनामा सम्पत्ति अकुत  देखिन्छ, आफन्त तथा नजिकका व्यक्तिहरुको नाममा समेत सम्पत्ति लुकाएको आशंकामा अहिले विवरण मगाएर अनुसन्धान भइरहेको छ',स्रोतले भन्यो । 

अख्तियार उच्च स्रोतका अनुसार उनीहरूमाथि अकुत सम्पत्ति आर्जनमा अनुसन्धान भइरहेको छ । 

नेपाली कांग्रेसका सभापति देउवाको सचिवालय लामो समयदेखि भानु देउवाले सम्हालिरहेका छन् ।

देउवा पटक पटक प्रधानमन्त्री हुँदा पनि स्वकिय सचिवको भूमिकामा उनै भानु रहने गरेका छन् । 

यस्तै केपी ओली तीन पटक प्रधानमन्त्री हुँदा राजेश बज्राचार्य स्वकीय सचिव थिए भने अहिले पनि बज्राचार्यले नै ओलीको सचिवालय सम्हालिरहेका छन् । 

यस्तै प्रचण्डकी कान्छी छोरी समेत रहेकी गंगा दाहालले प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि सचिवालय सम्हाल्दै आएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...

भर्खरै