नेभिगेशन
समाज

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

अमरगढी (डडेल्धुरा)। डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् ।

Ncell
Extreme Energy

जिप करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइते भएका छन् ।

दुर्घटनामा चालक बैतडी डिलासैनी गाउँपालिका –०२ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा गाउँपालिका ३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।


दुर्घटनामा थप घाईतेहरुको खोजी गर्ने क्रममा जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल लगि उपचार भईरहेको छ ।

उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय...
प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?

प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?

बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकको मस्यौदा मन्त्रिपरिषद् पुगेको छ ।
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।