नेभिगेशन
समाज

बाढीले क्षति पुर्‍याएको स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित

काठमाडाैँ ।  नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ।
 गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढी ले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएपछि पुनर्निर्माणसँगै सडकलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढाइएको हो।

Shyapurbesi_to_Rasuwagadhi--(4)-1784431752.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्माण कार्य जारी रहेकाले वर्षायाममा सडकका धेरै स्थान हिलाम्मे बनेका छन्। सडक खन्ने, चौडा पार्ने काम भइरहेका कारण मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ।

Marvel
Extreme Energy

 विशेष गरी नेपाल–चीनबीच आयात–निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँघुरो तथा हिलोयुक्त सडक पार गर्न समस्या हुने गरेको छ।

Shyapurbesi_to_Rasuwagadhi--(3)-1784431752.jpg

रसुवागढी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारिक नाका हो। दैनिक रूपमा सयौं मालवाहक सवारीसाधन यही मार्ग हुँदै चीनको केरुङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्छ। 
यही कारण सडकको क्षमता वृद्धि र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राख्दै दुई लेनको आधुनिक सडक निर्माण थालिएको हो।

Shyapurbesi_to_Rasuwagadhi--(1)-1784431751.JPG

गत वर्षको बाढीले सडकका केही भाग बगाएको, पर्खाल भत्काएको तथा पहिरोको जोखिम बढाएको थियो। त्यसपछि चीन सरकारले क्षतिग्रस्त सडक पुनर्निर्माणसँगै दीर्घकालीन रूपमा सुरक्षित बनाउने उद्देश्यले स्तरोन्नतिको काम अघि बढाएको हो। निर्माणमा सडक चौडा पार्ने, नयाँ रिटेनिङ वाल, कल्भर्ट तथा पहिरो नियन्त्रणका संरचना निर्माण भइरहेको छ।

निर्माण सम्पन्न भएपछि स्याफ्रुबेसी–रसुवागढी सडकमा दुईतर्फी सवारीसाधन सहज रूपमा सञ्चालन गर्न सकिने, यात्रा समय घट्ने तथा मालवाहक ट्रकको आवागमन थप सुरक्षित र प्रभावकारी हुने  छ। यसले नेपाल–चीनबीचको व्यापार, पर्यटन तथा रसुवागढी नाकाको आपूर्ति व्यवस्थालाई समेत थप सहज बनाउने विश्वास गरिएको छ।

Shyapurbesi_to_Rasuwagadhi--(6)-1784431754.jpg

Shyapurbesi_to_Rasuwagadhi--(9)-1784431758.jpg

Shyapurbesi_to_Rasuwagadhi--(8)-1784431756.jpg

Shyapurbesi_to_Rasuwagadhi--(7)-1784431755.jpg

Shyapurbesi_to_Rasuwagadhi--(5)-1784431754.jpgयद्यपि वर्षायामका कारण निर्माण कार्य केही प्रभावित भएको छ। सडकमा हिलो, खाल्डाखुल्डी र पहिरोको जोखिम कायम रहेकाले यस मार्ग प्रयोग गर्ने सवारी चालकलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। निर्माण कार्यलाई चरणबद्ध रूपमा तीव्र बनाउँदै सकेसम्म चाँडो सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने तयारी भइरहेको छ।

Shyapurbesi_to_Rasuwagadhi--(10)-1784431759.jpg

Shyapurbesi_to_Rasuwagadhi--(11)-1784431760.jpg

Shyapurbesi_to_Rasuwagadhi--(12)-1784431761.jpg

Shyapurbesi_to_Rasuwagadhi--(13)-1784431762.jpg

Shyapurbesi_to_Rasuwagadhi--(17)-1784431767.jpg

Shyapurbesi_to_Rasuwagadhi--(16)-1784431765.jpg

Shyapurbesi_to_Rasuwagadhi--(15)-1784431764.jpg

Shyapurbesi_to_Rasuwagadhi--(14)-1784431763.jpg

Shyapurbesi_to_Rasuwagadhi--(2)-1784431751.JPG

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।