नेभिगेशन
समाज

आज यी ३५ जिल्ला र आसपासमा छ ठुलो बाढीको सम्भावना

काठमाडौँ । आइतबार पनि देशका विभिन्न जिल्लामा बाढीको सम्भावना देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरसहित ३५ जिल्ला र आसपासका खोला नदीमा ठुलो बाढी आउने सम्भावना देखिएको छ । 
साथै महाशाखले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’

Ncell
Extreme Energy

बाढी सम्भावनाबारे विस्तृत जानकारी 

Shyapurbesi_to_Rasuwagadhi--(16)-1784432335.jpg

749714067_122227291250355476_439221786328243272_n_j3AX5iNiY3-1784432334.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।

भर्खरै