नेभिगेशन
समाज

भरतबन्धुको ‘प्याराडाईज बागमती’ सार्वजनिक

काठमाडौँ । संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशद्वारा प्रकाशित लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाईज बागमती’ सार्वजनिक गरिएको छ ।

पुस्तकमा बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका आकर्षक तस्बिरसँगै तिनको संक्षिप्त परिचय समेटिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशको पर्यटन, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बागमती प्रदेशका पर्यटकीय गन्तव्य, धार्मिक सम्पदा तथा सांस्कृतिक विविधतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको पुस्तक प्रदेश चिनाउने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे । ‘यो पुस्तक बागमती प्रदेशलाई चिनाउने महत्वपूर्ण आँखीझ्यालका रूपमा स्थापित हुनेछ,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा समेत सकारात्मक योगदान र्पुयाउनेछ ।’

Marvel
Extreme Energy

मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पुस्तकमा प्रदेशको भौगोलिक सुन्दरता, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई समेटिएको बताए । उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका स्थलका प्रतिनिधिमूलक तस्बिरहरू पुस्तकमा समावेश गरिएको छ ।

पुस्तकका लेखक थापाले बागमती प्रदेशको पुरातात्तिवक गौरव, ऐतिहासिक गरिमा, प्राकृतिक सौन्दर्य तथा धार्मिक महत्व बोकेका स्थानलाई तस्बिर र जानकारीमार्फत एकै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए । दृश्य र शब्दको संयोजनले पाठकलाई प्रदेशका सम्पदा र स्थानीय जीवनशैलीसँग नजिकबाट परिचित गराउने उनको भनाइ छ ।

प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बागमती प्रदेशलाई पुस्तकमार्फत अझ प्रभावकारी रूपमा चिनाउन सकिने अपेक्षा गरिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा, प्राचीन सभ्यता, कला–संस्कृति, धार्मिक आस्था र मनोरम पर्यटकीय गन्तव्यलाई समेटिएको उक्त पुस्तकले पर्यटन प्रवद्र्धनसँगै सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने विश्वास लिइएको छ ।

भरतबन्धु थापाले यसअघि  हिमालय म्याप हाउसबाट प्रकाशित ‘वाइल्ड वेस्ट नेपाल’ (२०१३), पर्यटन मन्त्रालय, कर्णाली प्रदेशबाट प्रकाशित ‘गन्तव्य कर्णाली’ (२०१९), पर्यटन विकास समाज धनगढीबाट प्रकाशित ‘एक्सप्लोर फारवेस्ट’ (२०१९), पर्यटन मन्त्रालय कर्णालीबाट प्रकाशित ‘कर्णाली’ (२०२०), मध्यपुर थिमी नगरपालीकाबाट प्रकाशित ‘गन्तव्य मध्यपुर’ (२०२१), नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘तस्बिरमा नेपाल’ (२०२१), नेपाल क्यानडा टुरीज्म एण्ड कल्चर ट्रेड प्रकाशित ‘वेस्ट नेपाल’ (२०२२), नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाल ईन ईमिजेज (२०२३) दुल्लु नगरपालीका दैलखबाट प्रकाशित ‘पञ्चकोशी दैलेख’ (२०२३) तथा सोलुदुधकुण्ड नगरपालीकाबाट प्रकाशित ‘डेस्टिनेशन सोलुदुधकुण्ड’ (२०२४) लगायतका फोटो पुस्तक प्रकाशित गरिसकेका छन् भने ‘प्याराडाईज बागमती’ उनको पछिल्लो कृति हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।