नेभिगेशन
समाज

नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि सवारी संचालनमा रोक

काठमाडौँ ।  नारायणगढ–मुग्लिन सडक खण्डमा आज राति १० बजेबाट सवारी संचालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति १० बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन–काठमाडौं सडक खण्डमा चल्ने सवारी साधन संचालनमा रोक लगाइएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धादिङलगायत जिल्लाहरुमा पानी पर्न सुरु भएको र रातिको समय पानी पर्ने क्रमम अझै बढ्ने पूर्वानुमान रहेकाले संभावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी संचालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जनाएका छन् । 

Marvel
Extreme Energy

रातिको समयमा यस सडक खण्डमा पहिरो खस्ने संभावना बढी रहेको छ ।

विगतमा पनि यस सडक खण्डमा भारी वर्षाहुँदा निरन्तर पहिरो खस्दै आइरहेको छ । 

यस सडक खण्डको तुईन खोला, काली खोला, टोपेखोलालगायतका स्थानहरुमा पहिरो खस्ने संभावना बढी रहेकाले पूर्व सावधानी अपनाईएको छ । राति चल्ने सवारी साधनहरुलाई भरतपुरको केन्द्रीय बस टर्मिनल, आँपटारी, पुलचोक, मुग्लिनलगायतका ठाउँहरुमा रोक्न भनिएको छ ।

WhatsApp-Image-2026-07-19-at-18.15.26-(2)-1784464968.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।