नेभिगेशन
समाज

श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

काठमाडौँ । साउनको पहिलो सोमबार आज (सोमबार) बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

IMG-20260720-WA0039-1784530191.jpg
बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन् । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260720-WA0038-1784530189.jpg
दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाको पनि विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ ।

Ncell
Extreme Energy

IMG-20260720-WA0036-1784530186.jpg
पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको छ ।

IMG-20260720-WA0028-1784530181.jpg
बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८ः०० बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ ।

IMG-20260720-WA0022-1784530178.jpg
मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

IMG-20260720-WA0020-1784530177.jpg
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी

IMG-20260720-WA0018-1784530175.jpg

IMG-20260720-WA0017-1784530174.jpg

IMG-20260720-WA0013-1784530170.jpg

IMG-20260720-WA0015-1784530171.jpg

IMG-20260720-WA0011-1784530167.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरु)

पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरु)

पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
दुई अर्ब लगानीको रसुवागढी सुक्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

दुई अर्ब लगानीको रसुवागढी सुक्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

नेपालले नयाँ विकल्प दिन सकेको छैन र चीन त्यहाँ बन्दरगाह बनाउन तयार छैन । यसैले चिनियाँ कम्पनी काममा फर्किएको छैन । ०८२ असार २४ को बाढीले सीमाको मितेरी...
करिब एक महिनापछि खुल्यो सदर चिडियाखाना (तस्बिरहरू)

करिब एक महिनापछि खुल्यो सदर चिडियाखाना (तस्बिरहरू)

५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो ।
एक वर्षपहिले बाढीले तहसनहस बनेको रसुवा भन्सार कार्यालयको यार्ड अहिलेसम्म उस्तै (तस्बिरहरु)

एक वर्षपहिले बाढीले तहसनहस बनेको रसुवा भन्सार कार्यालयको यार्ड अहिलेसम्म उस्तै (तस्बिरहरु)

यार्ड पुनःनिर्माण नहुँदा बढ्दो ईभी आयात व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । पर्याप्त समथर जमिन नभएकाले सडक किनार तथा स्थानीयको खाली जग्गा भाडामा लिएर सवारी राख्नुपर्ने अवस्था रहेको...