नेभिगेशन
समाज

मौसमविद् भन्छन् : तीन चार दिन ठूलो वर्षाको जोखिम छैन

आगामी दुई हप्ता मध्यम वर्षाको सम्भावना, तराई भने सुख्खा नै रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन ठूलो वर्षाको जोखिम नरहेको बताएको छ ।

मौसमविद् विनोद पोखरेलले पनि आगामी तीन चार दिन वर्षा घट्दै जाने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार आगामी दुई हप्तासम्म धेरै भारी वर्षाको सम्भावना कम छ । आगामी दुई हप्तासम्म हेर्दा पानी दैनिक पर्ने तर तराईका धेरै ठाउँमा कम वर्षा हुने सम्भावना छ । पहाडी क्षेत्रमा भने अधिक वर्षा हुने उनले बताएका छन् । 

Ncell
Extreme Energy

जल तथा मौसम विज्ञान विभागकाअनुसार हालसम्म ५१०.३० मिलिमिटर वर्षा भएको छ ।

विभागकाअनुसार यो सरदरभन्दा कम वर्षा हो । हालसम्म सरदरको तुलनामा ३४.५ प्रतिशत वर्षा भएको छ ।

अहिलेसम्म तराई क्षेत्रमा कम वर्षा हुने भनिए पनि जनकपुर केन्द्रमा सरदर आसपास नै पानी परेको विभागको अद्यावधिक विवरणमा उल्लेख छ । 

सुर्खेतमा भने औसतभन्दा निकै कम वर्षा भएको छ । विभागले यसअघि मनसुन ऋतुको वर्षा र तापक्रम प्रक्षेपण गर्दै औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने बताएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

भर्खरै