नेभिगेशन
समाज

बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

रसुवा । बाढीले क्षतिग्रस्त भएपछि भन्सार महशुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन् । ०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार  रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन् । क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९० हजार रुपैयाँ पर्छ । आयातकर्ताले बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महशुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए । ३७ लाख रुपैयाँ बराबरको एउटा इभी भ्यान पनि बेवारिसे छ ।

उनकाअनुसार बीमा दाबी गर्नुपर्ने भएकाले बाढीको समयमा गाडी जस्तो अवस्थामा थिए त्यस्तै छोडिएको छ । आयातकर्ताले सरकारलाई लिलामीको अधिकार नदिएकाले आफूहरुले पनि व्यवस्थापन गर्न नसकेको गेलालले  सुनाए । ‘आयातकर्ताले सरकारलाई प्राकृतिक प्रकोपले गर्दा यस्तो भएको भनेर पत्र लेखेपछि हामीले मेकानिकल इन्जिनियर ल्याएर मूल्यांकन गर्छौं । त्यसपछि लिलामीको प्रक्रियामा जान्छौँ । तर, त्यस्तो केही भएको छैन,’ उनले भने । बाढीले कुल ७० करोड ५१ लख ६९ हजार रुपैयाँ बराबरको आयातित सवारी र मालवस्तुमा क्षति पुर्‍याएको थियो । ५६ वटा विद्युतीय र पेट्रोलियम सवारी बाढीमा बगेका थिए । ती गाडीको अनुमानित मूल्य ४७ करोड १२ लाख ८२ हजार रुपैयाँ छ । यसमा सबैभन्दा धेरै सीजी मोटर्सको ३३ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरका ४० वटा गाडी छन् । यसमध्ये २४ करोड ५३ लाख ७२ हजार रुपैयाँ बराबरको ३० वटा गाडी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

८ करोड ४९ लाख ९० हजार मूल्य बराबरका १० वटा गाडी बाढीले पूर्ण रुपमा ध्वस्त भएका थिए । यस्तै स्काइवेल मोटर्सको ६ करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको ८ वटा, स्पार्क प्रा।लिले आयात गरेको ४ करोड ४८ लाख रुपैयाँ बराबरको ५ वटा ट्रक र इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रा।लिले आयोजना गरेको २ करोड २५ लाख रुपैयाँ बराबरको ३ वटा ट्रक बेपत्ता भएका थिए । यसबाहेक ३७ लाख मूल्य बराबरको विद्युतीय भ्यान क्षतिग्रस्त भेटिएको थियो । स्काइवेलबाहेक अरु सबै ब्राण्डका गाडीको बीमा थियो । बाढीमा २८ करोड ६२ लाख २३ हजार रुपैयाँ बराबरको मालवाहक सवारी बगाएको थियो । त्यसमध्ये २४ करोड ४७ लाख ९० हजार रुपैयाँ बराबरको मालवस्तु र ४ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको गाडीमा क्षति पुगेको थियो ।

Ncell
Extreme Energy

Damage-Vachile_Sidhakura-1-1784613521.jpg

Damage-Vachile_Sidhakura-3-1784613519.jpg

Damage-Vachile_Sidhakura-2-1784613519.jpg

Damage-Vachile_Sidhakura-5-1784613517.jpg

Damage-Vachile_Sidhakura-4-1784613518.jpg

Damage-Vachile_Sidhakura-7-1784613516.jpg

Damage-Vachile_Sidhakura-6-1784613516.jpg

Damage-Vachile_Sidhakura-9-1784613514.jpg

Damage-Vachile_Sidhakura-8-1784613514.jpg

Damage-Vachile_Sidhakura-11-1784613512.jpg

Damage-Vachile_Sidhakura-10-1784613512.jpg

Damage-Vachile_Sidhakura-12-1784613511.jpg

Damage-Vachile_Sidhakura-13-1784613511.jpg

तस्बिर्ः प्रकाशचन्द्र तिमिल्सेना नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...