नेभिगेशन
समाज

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर, पौने २ करोड बिगो

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध करिब २ करोड बराबरको सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका सेयरधनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा बिक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसरी १ करोड ७१ लाख रूपैयाँ घुस बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालसमेतबाट लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

Ncell
Extreme Energy

यसरी लिएको रकमबाट श्रीमतीको नाममा ललितपुरमा १३ कित्ता जग्गा खरिद गरेको पाइएको छ। अधिकारीविरुद्ध यो विषयमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी दुवै कसुरमा सजाय माग दाबी लिइएको छ।

दुवै कसुरमा बिगो समान १ करोड ७१ लाख कायम गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

मंगलबार देशभर आंशिक बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।