नेभिगेशन
समाज

विश्वविद्यालयको सरुवा, बढुवा वा नियुक्तिमा राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयमा खबर गर्नुस्ः सस्मित पोखरेल

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्ण रूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौँमा त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबण्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् । 

उनेल सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दवाव आउन नदिने भन्दै  दलीय दवाव आए तुरुन्त शिक्षा मन्त्रालयमा जानकारी गराउन आग्रह गरे । इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिहरूको चयन हुनुले उच्च शिक्षामा नयाँ ऊर्जा र प्रतिवद्धता थपेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कसैलाइ कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कसैलाई सरुवा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, नियुक्ति गर्नुपर्ने दवाव राजनीतक रुपमा विश्वविद्यालयमा कहिल्यै पनि आउँदैन । यदि आयो भने शिक्षा मन्त्रालयमा तुरुन्त जानकारी गराउनुहोला ।’ उनले भने, ‘हामी मेरिटोक्रेसिको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउन काम गर्छौँ । हाम्रो पार्टीबाट, अन्य पार्टीबाट कुनै दवाव आयो भने प्रतिवाद गर्न हामी छौँ भनेर प्रतिवद्धता जनाएका छौँ ।’ 

Ncell
Extreme Energy

मन्त्री पोखरेलले विश्वविद्यालयको सुधार पदाधिकारीहरूबाट मात्र सम्भव नरहेकाले सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्व र जिम्मेवारी लिनुपर्नेमा जोड दिए । विदेशी विश्वविद्यालयका प्राध्यापकहरूलाई नेपाल ल्याउने तथा नेपालका प्राध्यापक÷विद्यार्थीहरूलाई विदेशमा रहेका विश्वविद्यालयमा अध्ययन–अध्यापनको अवसर मिलाउन विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको उनले जानकारी दिए । विश्वविद्यालयलाई बढी स्वायत्तता र प्राध्यापकहरूलाई शैक्षिक स्वतन्त्रता प्रदान गर्ने नीति सरकारको रहेको धारणा राखे । 

समारोहमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा. भोला थापाले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक कार्यक्रमहरूको पुनर्संरचनामा विशेष ध्यान दिने बताए । अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्धन, अन्तरविषयक सहकार्य, अनुसन्धान कोषको विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढीकरणलाई आफ्नो रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउने उहाले प्रतिबद्धता व्यक्त गरे । 

उपकुलपति थापाले राष्ट्रिय आवश्यकता र विश्वव्यापी श्रम बजारको माग अनुरूप दक्ष, सिर्जनशील, नैतिक तथा प्रतिस्पर्धी मानव संसाधन उत्पादनतर्फ विश्वविद्यालय निरन्तर क्रियाशील रहने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक