नेभिगेशन
समाज

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अग्रवाललाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो नियन्त्रणमा लिएर आज अदालत पेश गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


अदालतले अग्रवालले जगदम्बा स्टिल लिमिटेडले कन्सोरियम बैंकको तर्फबाट नेपाल इन्भेष्टमेन्ट बैंकबाट ‘वर्किङ क्यापिटल लोन’ लिएको र बैंकले प्रदान गरेको सो ऋण जग्गा खरीद गर्ने प्रयोजनको निमित्त प्रयोग गरेको, उक्त ऋण जगदम्बा स्टिल लिमिटेडले प्रतिवादी मध्येका दीपकको जग्गा खरिद–बिक्री गर्ने कार्य पूरा नभएको तथ्यलाई उनलाई  थुनामा पठाउने आधार मानेको छ । उक्त कम्पनीमा अग्रवाल हस्ताक्षरवहाक भई चेक जारी भएको देखिएको उल्लेख गरेको छ । 

Ncell
Extreme Energy

“जगदम्बा स्टिल प्रा.लि.को खाता नं. ०१४९०१०२४०५२८ बाट जारी हुने चेकमा हस्ताक्षर गर्ने व्यक्तिमध्येमा यी प्रतिवादीसमेत हस्ताक्षरवाहक भई चेक जारी भएको देखिएको छ,” आदेशमा भनिएको छ, “उक्त कम्पनीको नाममा कम्पनी सञ्चालनको लागि इन्भेष्टमेन्ट बैंकको अगुवाइमा सहवित्तीयकरण बैंकहरूबाट प्राप्त गरेको धातुपुँजी र अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरी सह–प्रतिवादी दीपक भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङस् प्रालिमा सेयर लगानी गरी बैंकिङ कर्जाको दुरुपयोग गरेको अवस्था देखियो ।” 

मुद्दाका प्रतिवादी र सहप्रतिवादी रहेका साहिल र सुलभ समेत एकै परिवारका सदस्य रही खाता सञ्चालनमा समान भूमिका रहने सदस्यका रूपमा रहेको अवस्थामा खाता सञ्चालक शंकरबाट रकम दुरुपयोगको ज्ञात नभएको भन्ने अवस्था नदेखिएको पनि आदेशमा उल्लेख छ । 

गत जेठ २८ गते उनीहरूविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाएर बैंकिङ कसुरको अभियोगमा मुद्दा दायर भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक