नेभिगेशन
समाज

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । 

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

Marvel
Extreme Energy

कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् । 

यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी नदीको कटानका कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।