नेभिगेशन
समाज

ऊर्जामा फड्को : नेपालले बिजुली बेचेरै कमायो १९ अर्ब रुपैयाँ

विद्युत उत्पादन, खपत र निर्यात अझै बढाउने मन्त्री विराजभक्त श्रेष्ठको लक्ष्य

काठमाडौँ । एक समय १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएको नेपालले गएको आर्थिक वर्षमा बिजुली बेचेरै करिब १९ करोड रुपैयाँ कमाएको छ । 

नेपाल विद्युत प्राधिकरणकाअनुसार आव ०८२/०८३ अर्थात असार मसान्तसम्म नेपालले २९ अर्ब ३२ करोड ४७ लाखको बिजुली निर्यात गरेको छ । यसैगरी १० अर्ब २२ करोड ७४ लाखको मात्र आयात गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयात गरेको खर्च घटाउँदा नेपालले विद्युत् व्यापारबाट १९ अर्ब ९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको हो । 

Ncell
Extreme Energy

असार मसान्तसम्म नेपालले भारत र बंगलादेशमा गरी तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ । यसवापत २९ अर्ब ३२ करोड ४७ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको हो । 

जबकी अघिल्लो आर्थिक वर्ष (०८१/०८२) मा विद्युत निर्यात गर्दा १७ अर्ब ४७ करोड १० लाखमात्रै आम्दानी गरेको थियो । 

गएको आर्थिक वर्ष अर्थात असार मसान्तसम्मको तथ्यांकले विद्युत निर्यात ६७.९७ प्रतिशतले बढेको हो । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत व्यापार बढाउनेगरी उत्पादन बढाउन जोड दिएका छन् । उनले ऊर्जा क्षेत्रमा नीतिगत र संरचनागत सुधारको थालनी गरेका छन् । 

काम नगर्ने हाइड्रो पावर कम्पनीको लाइसेन्स खारेजी प्रक्रिया अगाडि बढाएका छन् भने मर्कामा परेका जलविद्युत आयोजनालाई काम सक्न मौका दिएका छन् । अब विद्युत उत्पादन बढाएर राष्ट्रिय खपत र निर्यात बढाउने लक्ष्य मन्त्री श्रेष्ठको रहेको छ । 
ऊर्जा मन्त्रालयले चालु आवमा अझै उत्पादन, खपत र निर्यात बढ्नेगरी काम भइरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक