नेभिगेशन
सबै कुरा

रास्वपाको केन्द्रिय समिति बैठक ३ बजे, स्वर्णीम वाग्लेको प्रतिवेदन माथि छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रिय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ३ बजे बैठक सुरू हुने रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

रावलका अनुसार बैठकले पार्टीको आर्थिक प्रशासन नियमावली तथा अर्थ नीति विभागको प्रतिवेदनमाथि छलफल गर्ने छ । रास्वपाका उपसभापति डा स्वर्णीम वाग्लेको नेतृत्वमा रहेको अर्थ नीति विभागले नेपालका बैंक, सहकारी तथा लघुवित्तमा देखिएका वित्तिय समस्या समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारेको छ ।  विभागले तयार पारेको प्रतिवेदनमाथि केन्द्रिय समिति बैठकमा छलफल गरेपछि सरकारलाई सुझावका रूपमा पेश गरिने रावलले बताइन् । 

City Express

साथै रास्वपाले मङ्सिरको पहिलो साता गरेको घरदैलोबाट प्राप्त सुझाव माथि पनि छलफल हुने जनाएको छ । निर्वाचन भएको वर्षदिनमा रास्वपाका सबै सांसदले मुल्याङ्कन तथा सुझाव माग्दै घरदैलो गरेका थिए । घरदैलोमा रास्वपा र सांसदका कमि कमजोरी, सुझाव र आफ्नो क्षेत्रका प्राथमिकता मागिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था...
तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।
आयोजना कटौती गरी १ खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

आयोजना कटौती गरी १ खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है...
कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता उठाउन निकै प्रयास गरेका थिए । तर पछि उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।