नेभिगेशन
सबै कुरा

रास्वपाको केन्द्रिय समिति बैठक ३ बजे, स्वर्णीम वाग्लेको प्रतिवेदन माथि छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रिय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ३ बजे बैठक सुरू हुने रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रावलका अनुसार बैठकले पार्टीको आर्थिक प्रशासन नियमावली तथा अर्थ नीति विभागको प्रतिवेदनमाथि छलफल गर्ने छ । रास्वपाका उपसभापति डा स्वर्णीम वाग्लेको नेतृत्वमा रहेको अर्थ नीति विभागले नेपालका बैंक, सहकारी तथा लघुवित्तमा देखिएका वित्तिय समस्या समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारेको छ ।  विभागले तयार पारेको प्रतिवेदनमाथि केन्द्रिय समिति बैठकमा छलफल गरेपछि सरकारलाई सुझावका रूपमा पेश गरिने रावलले बताइन् । 

Ncell
Extreme Energy

साथै रास्वपाले मङ्सिरको पहिलो साता गरेको घरदैलोबाट प्राप्त सुझाव माथि पनि छलफल हुने जनाएको छ । निर्वाचन भएको वर्षदिनमा रास्वपाका सबै सांसदले मुल्याङ्कन तथा सुझाव माग्दै घरदैलो गरेका थिए । घरदैलोमा रास्वपा र सांसदका कमि कमजोरी, सुझाव र आफ्नो क्षेत्रका प्राथमिकता मागिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।