नेभिगेशन
मुख्य समाचार

घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ परिवारका ८३ जनालाई सारियो सुरक्षित स्थानमा

काठमाडौं । बाजुरा, बडिमालिका नगरपालिका–९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर–सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् ।

Ncell
Extreme Energy

जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको प्रहरीले बताएको छ ।

पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ । प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...