नेभिगेशन
समाज

काठमाडौँमा ५/७ लाख मान्छे उतारेर एकैदिनमा सत्ता उल्ट्याउन सकिन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन् । 

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएकाले मुलुक गम्भीर संकटमा परेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उहाले प्रतिगामी वा बाह्य शक्तिहरूले देशलाई अस्थिर बनाउन खोजिरहेको थाहा पाएर पनि त्यसलाई समयमै रोक्न आवश्यक तयारी गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाले सोसल मिडियाको नकारात्मक प्रभावबाट युवाहरूलाई मुक्त गराएर मात्र राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि फेरि आन्दोलित गराउन सकिने धारणा राखे । 

Ncell
Extreme Energy

प्रचण्डले अहिले पनि प्रतिगामी, साम्राज्यवादी र तिनका स्थानीय एजेन्टहरूले प्रतिक्रान्ति पूरा गर्ने मिसन जारी राखेको दाबी गर्नुभयो । उहाले चीन र भारतबीचको नेपालको असंलग्न परराष्ट्र नीति र चीन विरोधी गतिविधि हुन नदिने परम्परागत अडान उल्लंघन गरिएको आरोप समेत लगाए । 

प्रचण्डले मुलुकमा थप संकट आउन नदिन तत्काल पार्टी एकताभन्दा पनि साझा न्यूनतम कार्यक्रमका आधारमा तत्काल कार्यएकता र सहकार्य आवश्यक रहेको बताए ।
 
उनले देशैभरिबाट लाखौँ जनतालाई काठमाडौँ र जिल्ला सदरमुकामहरूमा उतारेर जनदबाब सिर्जना गर्ने तयारी गर्नुपर्नेमा जोड दिए । ‘सदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने ।  हामी हाम्रै तरिकाले लड्ने हो तर एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन् ।’ उनले भने, ‘हरेक पार्टीले आफ्नो क्षमताअनुसार ५, ७ लाख मान्छे काठमाडौंमा र हरेक सदरमुकाममा एक÷डेढ लाख उतारेर गर्‍यौं भने एकै दिनमा उल्ट्याउन सकिँदैन त ?’

प्रदेश सरकारका विषयमा प्रचण्डले पार्टीको मुख्य प्राथमिकता सरकारमा जानु नभई राष्ट्रिय स्वाधीनता, संविधान, र गणतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु रहेको बताए । तर प्रदेशका संवैधानिक संकटको अवस्था सिर्जना भए नेकपाले आवश्यक कदम चाल्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक