नेभिगेशन
समाज

ओली र प्रचण्डबीच मिल्यो भागबण्डा–कोशी, बागमती र लुम्बिनी एमालेलाई,  कर्णाली र सुदूरपश्चिम नेकपालाई

काठमाडौँ । प्रदेशमा सरकार बनाउने विषयमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहमति भएको छ । शनिबार दुई पार्टीबीच प्रदेशको नेतृत्व गर्ने विषयमा सहमति जुटेको हो । दुई पार्टीबीच प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा ३ बुँदे लिखित सहमति भएको छ

सहमति पत्रमा एमालेबाट केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दलहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी निम्नानुसारको सहमतिमा पुगेका छौं,’ सहमति पत्रमा भनिएको छ । 

Ncell
Extreme Energy

उक्त सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गर्ने र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने उल्लेख छ । 

मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ । 

सहमति पत्रमा हस्ताक्षर गर्दा एमाले उपाध्यक्ष विष्णु पौडेल र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन पनि सँगै देखिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक