नेभिगेशन
समाज

ओली-प्रचण्डको सहमतिमा माधव नेपाल असन्तुष्ट

काठमाडौँ । शनिबार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशहरुमा सरकार बनाउने विषयमा सहमति जुट्यो । उक्त सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । दुई नेताबीचको सहमतिमा प्रदेश नै तोकेर सरकार बनाउने उल्लेख छ । सहमतिअनुसार तीन प्रदेशमा एमालेले  र दुई  प्रदेशमा नेकपाले नेतृत्व गर्ने उल्लेख छ ।

तर यो सहमतिबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल भने त्यति सन्तुष्ट छैनन् । शनिबार सहमतिपछि बाहिरिएको तस्बिरमा सहसंयोजक नेपाल कतै देखिएनन् । उक्त फोटोमा एमालेका तर्फबाट केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल तथा नेकपाका संयोजक प्रचण्डसहित वर्षमान पुन र महेन्द्रबहादुर शाही देखिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका एक नेताका अनुसार सहकार्यका विषयमा यसअघि भएका छलफलमा पनि नेपाल सहभागी थिएनन् । सत्ताकेन्द्रीत गठबन्धन गर्दा राम्रो सन्देश नजाने नेपालको तर्क छ । ‘ओलीको शैली र प्रवृत्तिलाई यसै पनि जनताले मन पराएका छैनन् । अर्कातर्फ सत्ताकेन्द्रित गठबन्धन गर्दा बाहिर राम्रो सन्देश जाँदैन,’ माधव नेपालको भनाई उद्धृत गर्दै ती नेताले भने । 

Ncell
Extreme Energy

बनाउने नै भए कांग्रेस र अन्य दलसमेतको सहभागिता हुने गरी सर्वदलीय सरकार बनाऔँ भन्ने तर्क नेपालको रहेको ती नेता बताउँछन् । अध्यक्ष ओली र संयोजक प्रचण्डबीच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने उल्लेख छ । 

मधेस गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ । मधेसमा उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी निर्णायक छ । मधेसमा सरकारको नेतृत्व गर्न जसपालाई दिन एमाले र नेकपा तयार छन् । यसबीचमा जसपा अध्यक्ष यादवसँग ओलीले छलफल पनि गरेका छन् । गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक भएकाले ऊसँग पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक