नेभिगेशन
समाज

फ्रि भिसा फ्रि टिकट पुनरावलोकन गर्दै सरकार, अब ठग म्यानपावरलाई कडा सजाय

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, 'सरकारले सन् २०१५ देखि लागू भएको 'फ्री भिसा फ्री टिकट' नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई थप कडा सजायको व्यवस्था गर्न गरिनेछ ।' प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना  प्रक्रियालाई थप पारदर्शी, जबाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलिकरण गरिने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री यादवले आफ्नो १०० दिने कार्यकालको अनुभव सुनाउँदै मन्त्री हुनुअघि नै यो नीतिको कार्यान्वयनमा समस्या देखेको र अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको बताए ।

Ncell
Extreme Energy

कार्यक्रममा आइओएमका तर्फबाट चिफ मिसन अफिसर  हेलेन फोर्सले  नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा  उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताइन् । उनले भनिन्, 'नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्य योजनामा उतार्दै बलियो नेतृत्व देखाएको छ ।' उनले आइओएम नेपाल सरकारको यो यात्रामा सँगै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा डिएम्डब्लुका सहायक सचिव जेरोम अल्कान्तराले सन् २०२० को भर्ती शुल्कसम्बन्धी सर्वेक्षणअनुसार फिलिपिनो कामदारहरूले भर्ती एजेन्सीलाई औसतमा १.२ महिनाको तलब बराबर शुल्क तिरेको बताए।

उनले फिलिपिन्सको न्यायोचित भर्ना प्रक्रिया कानुनी, निष्पक्ष र पारदर्शी भएको बताएका छन् । “फिलिपिन्सको कानुनअनुसार न्यायोचित भर्ती भनेको कानुनसम्मत रूपमा गरिने त्यस्तो भर्ती प्रक्रिया हो, जुन निष्पक्ष र पारदर्शी हुन्छ तथा कामदारहरूको मर्यादा र मानवअधिकारको सम्मान र संरक्षण सुनिश्चित गर्दछ।” उनले भने

श्रमिकहरूको समस्या समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागमा मार्फत 'उजुरी डट डिओएफइ' नामक अनलाइन प्लेटफर्म सुरु गरेको छ। कार्यक्रममा मन्त्री यादवले श्रमिकहरूले वैदेशिक रोजगारीमा जान चर्को ब्याजमा ऋण लिने, जग्गा जमिन बेच्ने वा श्रीमतीको गहना धितो राख्ने गरेको 'तीतो यथार्थ' प्रस्तुत गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको एक अध्ययनका क्रममा धेरै श्रमिकहरूले रोजगारी गुम्ने डरले आफूले तिरेको वास्तविक रकम बताउन समेत डराएको पाइएको उनले उल्लेख गरे । 

हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७ प्रतिशत मात्र नैतिक रूपमा (बिना शुल्क) भर्ना भइरहेको अनुमान छ । सरकारको अन्तिम लक्ष्य १०० प्रतिशत 'एम्प्लोयर पे' (रोजगारदाताले नै खर्च बेहोर्ने) मोडेलमा पुग्नु रहेको मन्त्रीले स्पष्ट पारे । यसका लागि म्यानपावर कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धा रोक्ने र प्रत्यक्ष भर्ना प्रक्रियालाई प्रोत्साहन गर्ने रणनीति लिइनेछ ।

वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधान गर्न नेपाल एक्लैले समाधान गर्न नसक्ने बताउँदै मन्त्री यादवले फिलिपिन्स जस्ता देशका असल अभ्यासहरू सिक्न र सरोकारवालाहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । सम्मेलनबाट आउने व्यावहारिक सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको इन्टरनेट सेवा सुधार्न पहलकदमी लिएका छन् ।
विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम विकास निर्माणका क्रममा आउने कानुनी झमेला हटाउन नीतिगत सुधारमा जुटेकी छिन् ।
बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

नेपालले विद्युत व्यापारमा रेकर्ड कायम गरेपछि सरकार उत्पादन थप बढाउने गृहकार्यमा लागेको छ ।
ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।