नेभिगेशन
समाज

भूमिहीनलाई धमाधम जग्गा बाँड्दै बालेन सरकार, अहिलेसम्म सय जनाले पाइसके लालपूर्जा

पाँच सय दिनभित्र १२ लाख बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने मन्त्री प्रतिभा रावलको लक्ष्य

काठमाडौँ । सरकारले वर्षौदेखि भूमिहीन जीवन विताइरहेका नागरिकलाई धमाधम जग्गाधनी पूर्जा वितरण थालेको छ । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सय दिनमा करिब भूमिहीन सय परिवारलाई लालपूर्जा वितरण गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयकाअनुसार बर्दियाको बढैयातालमा २९ परिवार, झापाको बुद्धशान्ति गाउँपालिकामा ५, अर्जुनधारा नगरपालिकामा १८, चितवनको इच्छाकामना गाउँपालिकामा ३४ र झापामा ५ परिवारलाई लाजपूर्जा वितरण गरिएको छ । तथ्यांकअनुसार अहिले ९६ परिवारले लाजपूर्जा पाइसकेका छन् । 

Ncell
Extreme Energy

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पाँच सय दिनभित्र सबै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी पहिचान गरी जग्गा वितरण गरिसक्ने बताइन् । 

'देशैभरीका वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी सबैले जग्गा र धनीपूर्जा पाउनुहुन्छ । आगामी पाँच सय दिनभित्र वितरण गरिसक्ने लक्ष्य छ,' मन्त्री रावलले भनिन् । 

मन्त्रालयले हालसम्म जग्गा धनी पूर्जा प्राप्त गरेका ९ हजार परिवारको पनि परीक्षण गरिरहेको छ । त्यसमा केही नक्कली परेको उजुरी मन्त्रालयमा आएपछि पुनर्पुष्टि गर्ने काम भइरहेको छ ।  

सरकारले लक्ष्यभित्र जग्गा र धनीपूर्जा बाँडिसक्न बलियो संरचना बनाएको छ । विगतमा राजनीतिक व्यक्तिहरुको संरचना हुँदा आफ्नो पार्टी निकट र कार्यकर्तालाई च्याप्ने प्रवृत्ति भएकामा यसपटक सरकारले कर्मचारीहरुको बलियो संरचना खडा गरेको छ । 

'अहिले संरचनामै फरक छ । पूर्णत कर्मचारीको संरचना छ । त्यसमा कसले पायो, आफ्नो मान्छे पर्यो कि परेन भन्ने स्वार्थ छैन । तल सिडिओले काम गर्छ । माथि पूर्व न्यायाधिशको नेतृत्वले काम गर्छ । नापी र भूमिमा वर्षौ काम गरेकाहरुको विज्ञ टोली छ । उनीहरुलाई कानुनी रुपमा कहाँनेर समस्या छ भन्ने थाहा छ । भूमि प्रशासन एकदमै जटिल हो । पढेको र काम गरेका विज्ञ भएकाले हामी लक्ष्यभित्रै सक्छौं भन्ने हो । उहाँहरु लक्ष्य पूरा गर्न सक्रिय भएर लागिरहनुभएको छ,' मन्त्री रावलले भनिन् ।  
मन्त्री रावलले कानुनी अवरोधहरु हटाउँदै गर्दा केही समय लागेको बताइन् । 'गाँठो फुकाउँदै काम गर्दै छौं । १२ लाख निवेदन छन् । पाँच सय दिनभित्र सक्छौं । त्यसमा कानुनी बाचा अड्चन फुकाउँदै गर्दै गर्दा समय लागेको हो,' उनले भनिन् । 

मन्त्रालयले कालोसूचीमा परेका जग्गामा बसेकालाई भने व्यवस्थापन गर्नेछैन । कालोसूचीमा परेको जग्गा भन्नाले नदी किनार, गुठी, सार्वजनिक वनलगायत पर्छ । त्यहाँ बसेकालाई फाराम फर्न लगाएर पालिकामा जग्गा दिन मिल्ने कि नमिल्ने भनेर सोधिनेछ । नदिने भएमा त्यस्ता परिवारलाई त्यहाँ जग्गा नदिइने मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।