नेभिगेशन
समाज

धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

धनुषा । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको घरदैलोमा पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै  किसानहरु सङ्ग भेटवार्ता गरेकी हुन् ।

मन्त्री चौधरीले महिला कृषक द्वार सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी छिन् । कृषि मन्त्री चौधरी माटो सुधारको मुद्दा लिएर किसानकोमा पुगेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मल लगायत प्रयोग गर्न सुझाएकी छिन् । 'माटो सुधार नै कृषि सुधारको आधार हो । स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,' मन्त्री चौधरीले भनिन्, 'यसले  रासायनिक मलमाथिको निर्भरता पनि घट्दै जान्छ । माटो सुधार पनि हुँदै जान्छ, यसले दीर्घकालीन माटो सुधार हुन्छ ।' मन्त्री चौधरीले धनुषाका किसानको गाउँ घरमा पुगेर माटो सुधारको विषय उठाएकी हुन् । 

Ncell
Extreme Energy

लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गरेकी छिन् । मन्त्री चौधरीले किसानलाई हौसला प्रधान गर्दै स्थानीय स्रोतबाट बनेका मल प्रयोग गर्न समेत आग्रह गरेकी छिन् । 
केन्द्रमार्फत आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ। 

यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालिको पनि अवलोकन गरेकी छिन् । कम्पनीले व्यवसायिक माछापालनसँगै माछाको भुरा, दाना तथा आवश्यक औषधिको आपूर्ति गर्दै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्‍याउँदै आएको जनाएको छ ।

त्यसैगरी, मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।