नेभिगेशन
समाज

त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको ५ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरिएको छ। हजारभन्दा बढी सदस्य रहेको  एमबिएस फर्स्ट सेम सेक्सन सि नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको पिडिएफ मात्र पोष्ट गरिएन 'सर सोलुसन पनि पठाइदिनु न' भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भएको थियो।

घटना सार्वजनिक हुनासाथ शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल चालेको कदमका कारण २४ घण्टा नबित्दै यस घटनामा संलग्न मुख्य आरोपितहरू प्रहरीको नियन्त्रणमा पुगेको उनको सचिवालयको दाबी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ह्वाट्सएपदेखि प्रहरीको फन्दासम्म
साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो। ग्रुपमा 'सुलभ सर' नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै 'इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला' भन्दै विद्यार्थीलाई आश्वस्त पारिरहेका थिए । परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी संगठित रूपमा प्रश्नपत्र लिक गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न हुनु स्वाभाविकै भइहाल्यो ।

Ncell
Extreme Energy

प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षा मन्त्री सस्मित पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गरे । उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४ सै घण्टा परिचालन गर्न निर्देशन दिए ।

प्रहरीको उच्च प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्‍यो । परिणामस्वरूप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका 'सुलभ सर' सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारेका छन् ।

मन्त्री पोखरेलले परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरवाही गर्ने विश्वविद्यालयका आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरिने र दोषी पाइए जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

यसैक्रममा त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले पनि घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले परीक्षा केन्द्रको सुरक्षा चुस्तता, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।