नेभिगेशन
समाज

त्रिविको प्रश्नपत्र लीक गर्ने व्यक्ति सन्दीप हिमालयन कलेज र काठमाडौँ मोडेल कलेज (केएमसी) का शिक्षक

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सिआइबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र लीक गर्नेको व्यक्तिको परिचय खुलाएको छ। 

सिआइबीका अनुसार प्रश्नपत्र लीक गर्ने मध्य एक जना कैलाली घोडाघोडी नगरपालिका ११ घर भई हाल भक्तपुर मध्य थिमी १ मा बस्ने ३३ वर्षीय सन्दीप सिंह रहेका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंह कोटेश्वरको हिमालयन कलेज र काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा फाइनान्स पढाउने शिक्षक रहेको सीआइबी स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

केएमसीले भने शिक्षकले सिंहले केही समय अघि एउटा मात्रै कक्षा अध्यापन गराउने गरेकाे र हाल उनको कुनै कक्षा नभएको केएमसीको दाबी छ । 

सिंहले फेसबुक प्रोफाइलमा भने अझै पनि केएमसीकै विवरण राखेका छन् । यस विषयमा सीआइबीले कलेज प्रशासनसँग पनि बुझेको थियो । 

३३ वर्षीय शिक्षक सिंहलाई आइतबार दिउँसो पक्राउ गरि  शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।


ह्वाट्सएप ग्रुपमा सिहंले पठाएको देखिएपनि उनले कसरी पाए भन्ने विषयमा अनुसन्धान चलिरहेको सीआइबी स्रोतले जनाएको छ। 
 

प्रहरीले यस अघि अन्य व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएपनि उनीहरुको संलग्नता नदेखिएको भन्दै उनीहरुलाई छाडेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।